नेपाल एसबीआई बैंकद्वारा तीस विद्यार्थीलाई छात्रवृत्ती प्रदान
Post Date : July 21, 2016 | 11:51 am

काठमाडौं, ६ साउन । नेपाल एसबीआई बैंकले श्री नन्दी माध्यमिक विद्यालय, नक्सालका २०७१ र २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने तीस विद्यार्थीलाई छात्रवृत्ती स्वरुप जनही ११ हजारका दरले ३ लाख ३० हजार रुपैया बराबरको सहयोग गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख संचालक अधिकृत शुभकान्त कानुंगो तथा प्रमुख वित्तीय अधिकृत प्रिय रञ्जनले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ती हस्तारन्तरण गर्नु भएको छ । बैंकले विगत ७ वर्षदेखि छात्रवृत्ती प्रदान गर्दै अाएको छ ।