नेपाल टेलिकमले Fiber To The Home सेवाको महसुल दर घटायो
Post Date : June 15, 2016 | 6:39 pm
काठमाडाैं, १ असार । नेपाल टेलिकमले २०७३ आषाढ ३ गते देखि Fiber To The Home (FTTH) सेवाको महसुल दरमा परिमार्जन गरेको छ । यस अनुसार प्याकेज बिक्री वितरण, CPE महसुल तथा अप्टिकल फाइबरको दर निम्न बमोजिम रहेको छ ः
क) FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छ ः
Package Validity | Bandwidth | Volume (GB) | Tariff (Rs.) | Fall Back |
३ महिना | Up to 10 Mbps | १२० | ५,१६०।– | 192 Kbps |
६ महिना | Up to 10 Mbps | २५० | ९,१२०।– | 192 Kbps |
१२ महिना | Up to 10 Mbps | ६०० | १८,२४०।– | 192 Kbps |
१२ महिना | Up to 100Mbps | ६०० | २३,०४०।– | 192 Kbps |
माथि उल्लिखितबाहेक अन्य ँत्त्ज् प्याकेजहरु स्थगन गरिएको छ ।
ख) यस्तैगरी हाल उपलब्ध रहेका ँत्त्ज् सेवाको ऋएभ् को शुल्क परिमार्जन गरी निम्नानुसार कायम गरिएको छ ः
प्याकेज (खरिदमा) | CPE मुल्य रु. |
३ महिना | ५०००।– |
६ महिना | २०००।– |
१२ महिना | निःशुल्क |
यस कम्पनीबाट उपलब्ध गराइएको CPE बिग्रिएको खण्डमा एक महिनासम्म निःशुल्क Repair तथा Replace गरिने छ तथा सो अवधि पश्चात रु.५,०००।– लिएर Replace गरिने छ ।
ग) अप्टिकल फाइबरको महसुल दर ः
- FTTH सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक 2 Core Optical Fiber १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर रु.२०।– लिई सेवा सञ्चालन गरिने छ ।
- उक्त ग्राहकको Fiber काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि Fiber परिवर्तन गर्नु परेमा प्रति मिटर रु.२०।– लिई जडान तथा Replace गरिने छ ।