नेपाल बंगलादेश बैंकको ३९ औँ शाखा फिदिममा
Post Date : January 8, 2017 | 1:04 pm

काठमाडौँ, २४ पुस । नेपाल बंगलादेश बैंकले पाँचथरको फिदिममा शाखा स्थापना गरेको छ । यो बैंकको ३९ औँ शाखा हो । शाखाको उद्घाटन बैंकका संचालक मुकुन्दनाथ ढुंगाना र पाँचथर जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले गर्नु भएको छ । उद्घाटन अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्दप्रसाद ढुंगाना र फिदिम उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेको पनि उपस्थिति रहेको थियो ।
बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासमा ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
बैंकको ३९ वटा शाखा, २ एक्टेन्सन काउन्टर, ७ वटा शाखा रहित बैंकिङ सेवा तथा ३७ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।