नेपाल बंगलादेश बैंकले वन्यजन्तु संरक्षण अभियानलाई सघाउने
Post Date : June 10, 2016 | 12:13 pm

काठमाडौं, २८ जेठ । नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वन्यजन्तु संरक्षण अभियानलाई अगाडि बढाउने भएको छ । यस अन्तरगत बैंकको एकल प्रवर्द्धनमा “नेचर थ्रु लेन्स” महोत्सवको दोस्रो संस्करण आयोजना हुने भएको हो । बैंकले वाइल्ड लाइफ कन्जर्भेसन नेपालसँग सहकार्य गर्ने भएको छ ।
बैंकले सामुदायिक वनमा उच्च मूल्यका २५ हजार रुख विरुवा रोप्न कोष संचालन गर्ने भएको छ । साथै बैंकले फोटोग्राफी मार्फत प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रमसमेत संचालन गर्ने भएको छ ।