नेपाल बैंकको खुद मुनाफा १ अर्ब ८९ करोड रुपैयाँ
Post Date : February 7, 2017 | 2:50 pm

काठमाडौँ, २५ माघ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ८४ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन र ७० अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा मात्रा २ दशमलब ८५ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २६ करोड ३५ लाख ४ हजार रुपैयाँ रहेको छ ।