नेपाल बैंकको १,८९,६२९ कित्ता शेयर बिक्रीमा
Post Date : June 19, 2017 | 12:22 pm

काठमाडौँ, ५ असार । नेपाल बैंक लिमिटेडले हकप्रद शेयरका लागि आवेदन माग गरी बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको १,८९,६२९ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
बोलपत्र २०७४ असार १३ गतेदेखि २०७४ असार १९ गते दिउँसो ३ बजेभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड, सिटिसीमल, सुनधारा, काठमाडौँमा बुझाई सक्नु पर्नेछ ।