नेपाल बैंकले एटिएम थप्यो
Post Date : November 17, 2016 | 3:03 pm

काठमाडौँ, २ मंसिर । नेपाल बैंकले ८० औं वार्षिकोत्सवको अवसरमा पाटन औद्योगिक क्षेत्र शाखाले एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले उक्त एटिएम सेवाको उद्घाटन गर्नु भएको छ ।
बैंकिङ्ग सेवामा प्रतिस्पर्धा बढिरहेको बेला ग्राहकलाई अझ बढी सेवा उपलब्ध गराउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । वार्षिकोत्सवको अवसरमा पाटन औद्योगिक क्षेत्र शाखाले अन्तरक्रिया पनि बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।