नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा सुरु
Post Date : July 6, 2016 | 11:18 am

काठमाडौं, २२ असार । नेपाल बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग सेवा दिन एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र एफवान सफ्टका मार्केटिङ्ग डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गर्नु भएको छ । यस सम्झौतापछि ग्राहकले ब्यालेन्स इन्क्वायरी, कारोवार भएको जानकारी, रकम ट्रान्सफर लगायतका सेवा लिन सकिने बैंकले जनाएको छ ।