नेपाल माइक्रो फाइनान्सको साधारण शेयर निष्काशन हुने
Post Date : June 10, 2016 | 12:18 pm

काठमाडौं, २८ जेठ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । संस्थाले १०० रुपैया दरको ३ लाख कित्ता शेयर बराबरको ३ करोड रुपैयाको शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।