नेपाल राष्ट्र बैंकको नोट छपाई खर्चको स्थिति
काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा रु. २०, रु. ५०, रु. १००, रु. ५०० र रु. १००० दरका १०३ करोड थान नोट छपाएको छ । राष्ट्र बैंकले सन् २०१५ र २०१६ भन्दा अघिल्ला वर्षहरूमा छपाई गर्दा लागतभन्दा ८७.६९ करोड रुपैया बचत गरेको छ । नेपाली रुपैयाको अवमूल्यन र मुद्रास्फितिलाई हेर्दा पनि राष्ट्र बैंकले अघिल्ला वर्षको तुलनामा कम खर्चमा नोट छापिएको राष्ट्र बैंकका निर्देशक तथा सह–प्रवक्ता राजेन्द्र पण्डितले बताउनु भयो । राष्ट्र बैंकबाट प्राप्त तथ्याङ्क अनुसार कुन दरको नोट छाप्न कति रकम खर्चिनु परयो तल हेर्नुहोस् ।
रु. १००० दरको नोट छपाई
बंैकले सन् २०१६ मा रु. १००० दरको २० करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.९० खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१४ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. ३.९२ प्रति एकाई) को तुलनामा ५१.५३ प्रतिशत कम हो । यसरी सन् २०१६ मा रु. १००० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई रु.२.०२ बचत गर्दै बंैकले कुल रु. ४०.४० करोड बचत गरेको छ ।
रु. ५०० दरको नोट छपाई
त्यसैगरी बंैकले सन् २०१६ मा रु. ५०० दरको १८ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. २.९२ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. ३.१३ प्रति एकाई) को तुलनामा ६.७१ प्रतिशत कम हो । यसरी सन् २०१६ मा रु. ५०० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई .०.२१ बचत गर्दै बंैकले कुल रु. ३.७८ करोड बचत गरेको छ ।
रु. १०० दरको नोट छपाई
यस्तै, बंैकले सन् २०१५ मा रु. १०० दरको २० करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. २.१५ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१२ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. २.५९ प्रति एकाई) को तुलनामा १६.९९ प्रतिशत कम हो । यसरी सन् २०१५ मा रु. १०० दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई रु.०.४४ बचत गर्दै बंैकले कुल रु. ८.८० करोड बचत गरेको छ ।
रु. ५० दरको नोट छपाई
बंैकले सन् २०१५ मा रु. ५० दरको २४ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.४८ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. २.०६ प्रति एकाई) को तुलनामा २८.१६ प्रतिशत कम हो । यसरी रु. ५० दरको नोट छपाईमा अघिल्लो पटकको तुलनामा प्रति एकाई रु.०.५८ बचत गर्दै बंैकले कुल रु. १३.९२ करोड बचत गरेको छ ।
रु. २० दरको नोट छपाई
त्यसैगरी बंैकले सन् २०१६ मा रु. २० दरको २१ करोड थान नोट छपाउने क्रममा प्रति एकाई रु. १.११ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (रु. २.१ प्रति एकाई) को तुलनामा ४७.१४ प्रतिशत कम हो । यसरी रु. २० दरको नोट छपाईमा अघिल्लो पटकको तुलनामा प्रति एकाई रु.०.९९ बचत गर्दै बंैकले कुल रु. २०.७९ करोड बचत गरेको छ ।
नेपाली रुपंैयाको अवमूल्यन
समिक्षा अवधि सन् २००५ देखि २०१६ सम्म नेपाली मुद्रा मुख्य विदेशी मुद्राहरुको तुलनामा अवमूल्यन भएको छ । सन् २०१२, १३, १४ को औसत विनिमय दर १ अमेरीकी डलर बराबर रु. ८८.८३ थियो भने हाल यस्तो विनिमय दर रु १०६ को हाराहारीमा रहेको छ ।
समिक्षा अवधिमा भएको नेपाली रुपैंयाको अवमूल्यन र मुद्रास्फीति समेतलाई ध्यानमा राखेर हेर्दा सन् २०१५ र २०१६ मा बंैकद्वारा भएका नोट छपाईका कार्यहरु आर्थिक हिसाबले प्रभावकारी एवं मितव्ययी देखिन्छन् ।
रु. ८७.६९ करोड | सन् २०१५ र २०१६ मा बंैकले अघिल्लो पटकको तुलनामा नोट छपाईमा गरेको कुल बचत |
५१.५३ ५ | सन् २०१६ मा रु. १००० दरको नोट छपाउँदा अघिल्लो पटक (सन् २०१४) को तुलनामा भएको प्रति एकाई बचत |
३८.११ ५ | सन् २००५–२०१४ मा रु. १००० दरको नोट छपाउँदा भएको औसत प्रति एकाई खर्चको तुलनामा सन् २०१६ मा सोहि दरको नोट छपाउँदा भएको प्रति एकाई बचत |
४७.१४ ५ | सन् २०१६ मा रु. २० दरको नोट छपाउँदा अघिल्लो पटक (सन् २०१३) को तुलनामा भएको प्रति एकाई बचत |
२१.५९ ५ | सन् २००५–२०१४ मा रु. ५० दरको नोट छपाउँदा भएको औसत प्रति एकाई खर्चको तुलनामा सन् २०१५ मा सोहि दरको नोट छपाउँदा भएको प्रति एकाई बचत |
१९.९८ ५ | अघिल्लो समिक्षा अवधि (सन् २०१२–१४) मा रहेको ने.रु./अमेरीकी डलर को औसत विनिमय दरको आधारमा आजको मितिमा भएको नेपाली रुपंैयाको अवमूल्यन |
विभिन्न थप सुरक्षण विशेषताहरु | सन् २०१५ र २०१६ मा छापिएका रु. १०००, रु. ५०० र रु. १०० दरका नोटहरुमा ल्याइएका परिवर्तनहरु |