नेपाल राष्ट्र बैंकको संचालकमा रेग्मी र पौडेल नियुक्त
Post Date : April 19, 2017 | 6:46 pm

काठमाडौँ, ६ वैशाख । नेपाल राष्ट्र बैंकको संचालकमा रामजी रेग्मी र श्रीराम पौडेल नियुक्त हुनु भएको छ । मन्त्रीपरिषदको बैठकले रेग्मी र पौडेललाई ५ वर्षका लागि संचालकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रेग्मी हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हुन् भने पौडेल यसअघि पनि नेपाल राष्ट्र बैंकका संचालक थिए ।