नेपाल राष्ट्र बैंकको १० अर्ब ८० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल
Post Date : June 11, 2017 | 10:52 am

काठमाडौँ, २८ जेठ । नेपाल राष्ट्र बैंकले २०७४ जेठ २९ गते सोमबार १० अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिने अवधिको ८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो ।
९१ दिने अवधिको ट्रेजरी बिल २०७४ भाद्र २७ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७५ जेठ २९ गते परिपक्व हुनेछ ।