नेपाल राष्ट्र बैंकको ६१औं वार्षिकोत्सवको उपलक्ष्यमा बाल चित्रकला प्रतियोगिता
Post Date : April 24, 2016 | 7:03 pm

नेपाल राष्ट्र बैंकको ६१औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित बाल चित्रकला प्रतियोगिता २०७३ बैशाख ११ गते सम्पन्न भयो । नेपाल राष्ट्र बैंक अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित उक्त बाल चित्रकला प्रतियोगितामा कर्मचारीहरूकाे छोराछोरीहरूले भाग लिएका थिए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बालबालिकाहरूसँग आफ्नो बालापनको अनुभव बाँड्नु भएको थियो भने बालबालिकाहरूलाई चित्रकलामा हौसला समेत प्रदान गर्नुभएको थियो ।