नेपाल राष्ट्र बैंकले आगामी साता ट्रेजरी बिल बिक्री गर्ने
Post Date : June 8, 2016 | 11:04 am

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले आगामी साता ५ अर्ब ८० करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रणको प्रयास स्वरुप जेठ ३२ गते ९१ दिने अवधिको २ सय ५० करोड रुपैया र २६४ दिने अवधिको ३ सय ३० करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिलमध्ये ९१ दिने अवधिको परिपक्व हुने अवधि भदौ २८ गते र २६४ दिने अवधिको परिपक्व हुने अवधि २०७४ जेठ ३० गते रहेको छ ।
यसअघि पनि राष्ट्र बैंकले जेठ २४ गते ९१ दिने अवधिको ४१३ करोड रुपैयाको ट्रेजरी बिल बिक्री गरेको थियो ।