नेपाल राष्ट्र बैंकले एकहजार करोडको रिभर्स रिपो बिक्री गर्ने
Post Date : June 20, 2016 | 12:29 pm

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ७ गते मंगलबार एकहजार करोड रुपैया बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बजारमा रहेको अधिक तरलता नियन्त्रणको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता रहने गरी रिभर्स रिपो बिक्री गर्न लागेको हो । उक्त रिभर्स रिपो परिपक्व असार १५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।