नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने
Post Date : September 4, 2016 | 8:01 am

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २०७३ भाद्र २० गते सोमबारका दिन ४१३ करोड रुपैयाको ९१ दिने र ५५२.५० करोड रुपैयाको १८२ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिने ट्रेजरी बिल २०७३ मंसिर २१ गते र १८२ दिने ट्रेजरी बिल २०७३ फागुन २४ गते परिपक्व हुने छ ।