नेपाल राष्ट्र बैंकले तीन छुट्टाछुट्टै ट्रेजरी बिल बिक्री गर्ने
Post Date : September 11, 2016 | 8:15 am

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋणव्यवस्थापन विभागले २०७३ भाद्र २७ गते सोमबारका दिन २५० कराड रुपैयाको ९१ दिने, ५० करोड रुपैयाको १८२ दिने र ८७.५० करोड रुपैयाको ३६४ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
९१ दिने ट्रेजरी बिल २०७३ मंसिर २८ गते, १८२ दिने ट्रेजरी बिल २०७३ चैत्र १ गते र ३६४ दिने ट्रेजरी बिल २०७४ भाद्र २७ गते परिपक्व हुनेछ ।