नेपाल राष्ट्र बैंकले रिभर्स रिपो बिक्री गर्ने
Post Date : May 1, 2016 | 10:35 am

नेपाल राष्ट्र बैंकले बैशाख २२ गते २० करोड रुपैयाको रिभर्स रिपो बिक्री गर्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले किन्न सक्ने गरी राष्ट्र बैंकले बैशाख २९ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो बिक्री गर्न लागेको हो ।
यसैगरी राष्ट्र बैंकले बैशाख २० गते दुइसय करोड रुपैयाको ट्रेजरी बिल्स बिक्री गर्न लागेको छ ।