नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८५ जारी गर्ने
Post Date : April 14, 2016 | 1:03 pm

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८५ जारी गर्ने भएको छ । १२ वर्ष अवधिको “विकास ऋणपत्र २०८५” बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैशाख २ गते अपरान्ह ३ बजे १३ अर्ब रुपैयाको ऋणपत्रको बोलकबोल गर्ने र बैशाख ५ गते निष्काशन गरिने जनाएको छ ।