नेपाल राष्ट्र बैंकले १५२६.२५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : March 24, 2017 | 8:29 am

काठमाडौँ, ११ चैत । नेपाल राष्ट्र बैंक राष्ट्रऋण व्यवस्थापन विभागले १५ अर्ब २६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल २०७३ चैत १३ गते आइतबार बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिने ९ अर्ब रुपैयाँ, १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिने अवधिको १ अर्ब ९६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
एकानब्बे दिने ट्रेजरी बिल २०७४ असार १३ गते, १८२ दिने ट्रेजरी बिल २०७४ असोज १० गते र ३६४ दिने ट्रेजरी बिल २०७४ चैत १३ गते परिपक्व हुनेछ ।