नेपाल राष्ट्र बैंकले ३०० करोड रुपैयाको ट्रेजरी बिल्स बिक्री गर्ने
Post Date : July 15, 2016 | 11:11 am

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले साउन ३ गते ३०० करोड रुपैया बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बजारमा अधिक तरलता नियन्त्रण गर्नको लागि बैंकले ९० दिने ट्रेजरी बिल्स बिक्री गर्न लागेको हो । ट्रेजरी बिल्स परिपक्व हुने अवधि २०७३ कार्तिक २ गते रहेको छ ।