नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३०% बोनस शेयर दिने
Post Date : September 29, 2016 | 7:21 am

काठमाडौं, १३ असोज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संचालक समितिको बैठकले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी करिब १ अर्ब ३३ करोड रुपैया पुग्नेछ ।
उक्त बोनस शेयर बिमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।