नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोवार फुकुवा
Post Date : June 30, 2016 | 11:06 am

काठमाडौं, १६ असार । नेपाल धितोपत्र बोर्डले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोवार फुकुवा गरेको छ । बोर्डले बिहीबारदेखि शेयर कारोवार फुकुवा हुने जनाएको छ ।
फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै शेयर कारोवार रोक्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई आदेश दिएको थियो ।