नेपाल वायुसेवा निगमले भाद्र २ बाट दुबईमा सिधा उडान गर्ने
Post Date : August 7, 2016 | 11:27 am

काठमाडौं, २३ साउन । नेपाल वायुसेवा निगमले २०७३ भाद्र २ गतेबाट संयुक्त अरब इमिरेट्सको दुबईमा सिधा उडान गर्ने तयारी पूरा गेको छ । निगमले दुबईमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार एयरबसको १ सय ५६ सिटे जहाज मार्फत उडान गर्ने भएको छ ।
५ वर्षअघि निगमले दुबईमा साताको चार उडान गर्दै आएको थियो । निगमले २०४१ माघदेखि दुबईमा उडान सुरु गरेको थियो ।