नेप्सेमा भारी गिरावट
Post Date : May 25, 2016 | 6:04 pm

काठमाडाैं, १२ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४१ अंकले घटेर १५२४.१२ बिन्दुमा पुगेको छ । स्टक खुलेको यो हप्ताको सबैभन्दा ठूलो गिरावट हो । हिजो ६३८४ कारोवारबाट ४० लाख ६२ हजार ७९५ कित्ता शेयर किनबेच भई १ अर्ब ६५ करोड ५३ लाख ३ हजार ९८० रुपैयाको कारोवार भएको थियो भने तर आज जम्मा ५८१० कारोवारबाट १९ लाख १४ हजार १०२ कित्ता शेयर किनबेच भई १ अर्ब ४ करोड २१ लाख ८० हजार ४७० रुपैयाको कारोवार भएको छ । डेभलपमेन्ट बैंक र हाइड्रो पावर बाहेकका सबै समूहमा नेप्से परिसूचक घटेको छ । कारोवारमा आएका कम्पनीमध्ये ८४ कम्पनीको शेयर मूल्य घटेको छ, ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रह्यो । देशमा विकसित राजनीतिक घटनाक्रमले शेयर बजारमा असर परेको एकजना शेयर विश्लेषकले बताए ।