नेशनल माइक्रोफाईनान्सको नयाँ शाखा कोपुवामा
Post Date : November 25, 2016 | 10:59 am

काठमाडौँ, १० मङ्सिर । नेशनल माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड को २६ औं शाखा कपिलवस्तु जिल्लको कोपुवामा स्थापना गरेको छ र शाखाको उद्घाटन संस्थाका प्रमख कार्यकारी अधिकृत रामबहादुर यादवले गर्नुभएको छ ।
नेशनल माइक्रोफाईनान्सले ३४ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै अएको र संस्थासँग आवद्ध सदस्यको हितलाई ध्यानमा राखी सामाजिक सुरक्षाकोष र विभिन्न विप्रेषण सेवा संचालन गरिरहेको जनाएको छ ।