पश्चिमाञ्जल डेभलपमेन्ट बैंक, मेगा बैंक नेपाल लिमिटेडसँग औपचारिक रुपमा संयुक्त कारोबार सुरु
Post Date : April 26, 2016 | 5:38 pm

पश्चिमाञ्जल डेभलपमेन्ट बैंक, मेगा बैंक नेपाल लिमिटेडसँग औपचारिक रुपमा संयुक्त कारोबार सुरु गरेको छ । मेगा बैंकको शेयरको प्रतिकित्ता मूल्य १०४ रुपैया २५ पैसा र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको प्रति कित्ता ६७ रुपैयामा स्वाप (आदान–प्रदान) गर्ने निर्णय गरेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पँूजी तीन अर्ब २४ करोड रुपैया, ३१ अर्ब निक्षेप र २५ अर्ब ५ करोड रुपैया कर्जा लगानी हुने बैंकले जनाएको छ ।