पानीले किसानलाई राहत
Post Date : May 5, 2016 | 4:06 pm

रत्ननगर (चितवन), २३ वैशाख । खडेरीले आक्रान्त किसानलाई बुधबारको वर्षाले केही राहत मिलेको छ ।
चमरा आएका तथा लाग्ने बेलाका मकै सुक्न थालेको अवस्थामा वर्षा भएपछि किसान हर्षित भएका छन् । मकै सुकेर सखाप हुने अवस्थामा पानीले राहत दिलाएको किसान शिवप्रसाद पौडेल बताउनुहुन्छ । खडेरीका कारण मकै र चैते धान रोप्न नपाएका किसानलाई राहत मिलेको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेका अनुसार यो सिजनमा जिल्लामा १४ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिएको छ । रासस