पिङमा रमाउँदै राना थारु महिला
Post Date : August 5, 2016 | 3:03 pm

कञ्चनपुरको देखतभूली–४ कालागौंडीका राना थारु समुदायका महिला दाजुभाइको दिर्घायुकोे कामना गर्दै मनाइने तीज पर्बका अवसरमा पिङमा रमाउँदै । गाँउमा तीज पर्वको आगमनसँगै साउनको शुक्ल पूर्णिमाको दिन सार्वजनिक स्थानमा भेला भएर दाजुभाइले दिदीबहिनीका लागि राखेको पिङ खेल्ने चलन रहेको छ । पिङलाई राना थारु भाषामा डोला भन्ने गरिन्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस