पूर्णिमा विकास बैंकको एटिएम भैरहवाको भलबारीमा
Post Date : May 22, 2017 | 5:55 pm

भैरहवा, ७ जेठ । पूर्णिमा विकास बैंकले भैरहवाको भलबारीमा एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको बैंकका अध्यक्ष निधानचन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको छ । बैंकको १० औँ वर्ष प्रवेश गरेको अवसरमा उक्त एटिएम सेवाको शुभारम्भ गरेको हो ।
बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा २ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ३ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।