पूर्णिमा विकास बैंकको नाफा १० करोड रुपैयाँ
Post Date : July 25, 2017 | 2:04 pm

काठमाडौँ, १० साउन । पूर्णिमा विकास बैंकले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकमा १० करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सो अवधिमा २ अर्ब ४० करोड २४ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरी उक्त मुनाफा गरेको हो । बैंकको निस्क्रिय कर्जा ०.०१ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।