पूर्णिमा विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : August 17, 2016 | 11:41 am

काठमाडौं, १ भदौ । पूर्णिमा विकास बैंकले २०७३ साउन १९ गतेसम्म कायम साविक शेयरधनीका लागि रु. १००/– अंकित दरका साधारण शेयर २ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
बैंकको हाल चुक्ता पूँजी २० करोड १७ लाख ८ हजार ७ सय १८ रुपैया ७५ पैसा रहेको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।