पोखरा फाइनान्सको नाफा ८ करोड ७५ लाख १३ हजार
Post Date : July 29, 2016 | 12:52 pm

काठमाडौं, १४ साउन । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७२/७३ मा ८ करोड ७५ लाख १३ हजार रुपैया खुद मुनाफा गरेको छ । फाइनान्सले ३ अर्ब ४ करोड ५५ लाख रुपैया निक्षेप संकलन र २ अर्ब ६४ करोड ४२ लाख रुपैया कर्जा लगानी गरी उक्त नाफा कमाएको हो । फाइनान्सको आ.व. २०७२/७३ को असार मसान्तमा खराब कर्जा अनुपात १.६७ प्रतिशत रहेको छ । गत वर्ष यो अनुपात २.२२ प्रतिशत थियो । फाइनान्सको चुक्ता पूँजी ४९ करोड ११ लाख रुपैया रहेको छ ।