प्रभु बैंकको नयाँ शाखा काठमाडौँका गुर्जुधारामा
Post Date : July 24, 2017 | 12:37 pm

काठमाडौँ, ९ साउन । प्रभु बैंकले काठमाडौँको गुर्जुधारामा नयाँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन सभासद राजेन्द्रकुमार के.सी.ले गर्नु भएको थियो । बैंकले उपत्यका भित्रका बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधासहितको अत्याधुनिक शाखा स्थापना गरेको जनाएको छ ।