प्रभु बैंकको नया शाखा काठमाडौंको हात्तीगौंडामा
Post Date : July 15, 2016 | 11:15 am

काठमाडौं, ३१ असार । प्रभु बैंकले काठमाडौंको हात्तीगौंडामा नया शाखा स्थापना गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गर्नु भएको छ ।
गत वर्ष मर्जर सम्पन्न हुँदा दोहरिन गएका बैंकका शाखा कार्यालयमध्ये कलंकी शाखालाई हात्तीगौंडामा स्थानान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।