प्रभु बैंकको नाफा १ अर्बभन्दा माथि
Post Date : August 2, 2016 | 2:20 pm

काठमाडौं, १८ साउन । प्रभु बैंक आ.व. २०७२/७३ मा १ अर्ब १४ करोड ७८ लाख खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आ.व.मा पनि १ अर्ब १ करोड ८२ लाख रुपैया खुद मुनाफा कमाएको थियो ।
बैंकले गत आ.व. २०७२/७३ मा ६० अर्ब ९४ करोड ८ लाख निक्षेप संकलन गरी ४८ अर्ब २१ करोड २७ लाख रुपैया कर्जा प्रवाह गरी मुनाफा गरेको हो । बैंकको असार मसान्तसम्ममा खराब कर्जा अनुपात ८.३८ प्रतिशत रकेको छ ।