प्रभु बैंकको १५औँ वार्षिक साधारण सभ सम्पन्न

काठमाडौँ, १० पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा २०७२ पुस ८ गते शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७२/०७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ ।
वार्षिक साधारण सभाले आवश्यक छलफल तथा निर्णयार्थ प्रस्तुत सम्पूर्ण प्रस्तावहरु पारित गर्दै विशेष प्रस्ताव अन्तर्गत बैंकले जारी तथा चुक्ता पूँजी रु. ५,८८,१४,०२,००० बाट वृद्धि गरी रु. ८,२३,३९,६२,८०० पुरयाउन १०ः४ (दश सेयर बराबर चार शेयर) को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पारित भएको छ । बैंकले अन्य बंैक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन (प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।
साधारण सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ जसमा संस्थापक शेयधनीहरुको तर्पmबाट देवी प्रकाश भट्टचन, पुष्प बहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का र सर्वसाधारण शेयरधनीहरुको तर्पmबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष) निर्वाचित हुनुभएको छ । साथै सोही दिन बसेको नव निर्वाचित संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनलाई अध्यक्षमा सर्वसहमतिका साथ चयन गरेको जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।