प्रभु बैंकद्वारा निःशुल्क आँखा शिविर संचालन
Post Date : January 4, 2017 | 3:44 pm

मुस्ताङ, २० पुस । १२ वर्षे मेला ल्ह्फेव को अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५, १६ र १७) निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा १५० जनाले आँखा जाँच र आँखा सम्बन्धी विभिन्न रोग जस्तै मोतियाबिन्दु, जलविन्दु आदिको चिकित्सा सल्लाह सुझावबाट लाभान्वित भएका छन् ।
बैंकले आगामी दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको जनाएको छ ।