प्रभु बैंकले वेदवेदाङ्ग पाठशालालाई सहयोग
Post Date : March 30, 2017 | 11:13 am

काठमाडौँ, १७ चैत । प्रभु बैंकको कुश्मा शाखाले पर्वत जिल्लाको गुप्तेश्वर वेदवेदाङ्ग पाठशालालाई एक थान ३३ इञ्चको कलर टेलिभिजन र १० थान कुर्सी सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको एकमात्र संस्कृत विषय अध्यापन हुने पाठशालालाई सहयोग गरेको हो । बैंकको हाल देशभर १ सय ३७ शाखा र १ सय २६ एटिएम काउण्टरमार्फत ग्राहकवर्गलाई सेवा दिइरहेको छ ।