प्राइम कमर्सियल बैंकको खुद मुनाफा ८८ करोड २९ लाख रुपैयाँ
Post Date : May 6, 2017 | 4:48 pm

काठमाडौँ, २३ वैशाख । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ५६ अर्ब १० करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ६१ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा १.३७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.६७ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ७९ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९१ करोड ४ लाख ३८ हजार रुपैयाँ छ ।