प्राइम कमर्सियल बैंकले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : August 28, 2016 | 6:12 pm

काठमाडौं, १२ भदौ । प्राइम कमर्सियल बैंकले २०७३ श्रावण १८ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि ३ कित्ता बराबर १ कित्ता शेयरको अनुपातमा प्रति शेयर रु. १००/– अंकित दरको एक करोड तेइस लाख पचास हजार आठसय चौहत्तर हकप्रद शेयर निष्काशनको लागि २०७३ भाद्र १२ गतेदेखि २०७३ असोज १६ गतेसम्म बिक्री खुल्ला गरेको छ ।
शेयरधनीहरूले प्राइम कमर्सियल बैंकका सम्पूर्ण शाखा र सिभिल क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौंमा रकम बुझाउन सकिने बैंकले जनाएको छ ।