प्राईम कमर्सियल बैंक र इजी लिङ्कबीच सम्झौता
Post Date : September 30, 2016 | 10:08 am

काठमाडौं, १४ असोज । प्राईम कमर्सियल बैंक र इजी लिङ्क रेमिट्यान्स कम्पनीबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका उप–महाप्रबन्धक मोतिकाजी तुलाधर र इजी लिङ्क रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी.अर्यालले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि इजी लिङ्क रेमिट्यान्समार्फत विश्वका विभिन्न मुलुकबाट पठाएको रकम बैंकका देशभर रहेका ३२ वटा शाखाबाट भुक्तानी लिन सकिने जनाएको छ ।