प्रिमियर इन्स्योरेन्स एफपिओ मूल्य एकहजार चार रुपैयाँ
Post Date : January 26, 2017 | 2:41 pm

काठमाडौँ, १३ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको एफपिओ (फरदर पब्लिक अफरिङ) को मूल्य एकहजार चार रुपैयाँ निर्धारण गरेको छ । प्रिमियर इन्स्योरेन्सले प्रति कित्ता एकसय रुपैयाँमा नौसय चार रुपैयाँ प्रिमियम थप गरी एफपिओ निष्काशन गर्न लागेको हो ।
प्रिमियर इन्स्योरेन्सले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।