प्रोग्रेसिभ फाइनान्सको १ बराबर २.८१ कित्ता हकप्रद शेयर प्रस्ताव पारित
Post Date : May 20, 2017 | 3:09 pm
काठमाडौँ, ६ जेठ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको हालै सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभाले फाइनान्सको चुक्ता पूँजी वृद्धि गर्न १ बराबर २.८१ (१०० शेयर बराबर २८१ कित्ता शेयर) हकप्रद शेयर जारी गर्ने गरी विशेष प्रस्ताव पारित गरेको छ । फाइनान्सको हाल चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ ।