फरवार्ड माइक्रोफाइनान्सको खुद मुनाफा ६ करोड रुपैया
Post Date : November 18, 2016 | 2:36 pm

काठमाडौँ, ३ मङ्सिर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ६ करोड १५ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आ.व. २०७२।७३ को यसै अवधिमा ४ करोड १० लाख रुपैया खुद मुनाफा गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैया छ भने जगेडा कोष भने ४१ करोड ८८ लाख रुपैया रहेको छ । त्यस्तै खराब कर्जा अनुपात भने शून्य दशमलब २८ प्रतिशत छ ।