फुटबल दर्शकबीच झडप भएपछि पर्खाल भत्किँदा आठ जनाको मृत्यु
डाकार (सेनेगल), १ साउन । सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।
शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो ।
निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका उनीहरुका पक्षधरको झडप भएको थियो ।
प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो ।
भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् ।
भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पु¥याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ ।
फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ होईनन् । दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । रासस/सिन्ह्वा