फेवा विकास बैंकको बुटवलस्थित नयाँ गाउँ शाखामा एटिएम
Post Date : May 30, 2017 | 5:15 pm

बुटवल, १६ जेठ । फेवा विकास बैंकले बुटवलस्थित नयाँ गाउँ शाखाबाट एटिएम सेवा शुरु गरेको छ । एटिएम सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र बुटवल नयाँ गाउँस्थित स्वामी नारायण मुक्तिनाथ धामका स्वामी लोकानन्द महाराजले संयुक्त रूपमा गर्नु भएको छ । यो बैंकको १६ औँ एटिएम हो ।
सोही अवसरमा बैंकले बुटवल उपमहानगरपालिका वडा नं. १३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (सहारा घर) मा आश्रित बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी सामग्रीसमेत वितरण गरिएको थियो ।