फेवा विकास बैंकको बोनस शेयर स्वीकृत
Post Date : December 7, 2016 | 1:38 pm

काठमाडौँ, २२ मङ्सिर । फेवा विकास बैंकले २० दशमलब ६० प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीलाई वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । उक्त बोनस शेयर बैंकले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट दिन लागेको हो । बैंकको आगामी नवौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि वितरण गरिनेछ ।
बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ पुग्नेछ ।
फेवा विकास बैंकले गण्डकी विकास बैंकसँग गाभ्ने र गाभिने सम्बन्धी सम्झौता गरी राष्ट्र बैंकमा आवेदन दिएकोमा सहमतिपत्र आइसकेको बैंकले जनाएको छ ।