फेवा विकास बैंकले बोनस शेयर वितरण गर्ने
Post Date : December 8, 2016 | 3:54 pm

काठमाडौँ, मङ्सिर २३ । फेवा विकास बैंकले २०.६० प्रतिशत बोनस शेयर वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
बैंकको आगामी नवौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि बोनस शेयर वितरण गरिने जनाइएको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ पुग्ने छ ।