बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग
Post Date : March 30, 2017 | 9:00 am
काठमाडौँ, १७ चैत । एनआइसी एसिया बैंकले नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा आश्रित बालबालिकाका लागि पोषिलो खाद्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएकोे छ ।
बैंकले हिजो एक प्रेस विज्ञप्ति जारी गरी विगतका वर्षदेखि मासिक रुपमा उपलब्ध गराउँदै आएको दिउँसोको खाजाका रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षका लागि उपलब्ध गराइने जनाएको हो ।
बैंकले आफ्ना ८९ शाखा कार्यालयमार्फत देशका विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको बैंकका कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डिङ प्रबन्धक सरोज भट्टराईले बताउनुभयो । रासस